Kathmandu Press

कोरोना संक्रमणबाट पूर्वसांसद तामाङको निधन

काठमाडौं, जेठ २१ : कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वीएल वाइवा) को निधन भएको छ।नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य उनको बिहीबार साँझ ६ः२०...
कोरोना संक्रमणबाट पूर्वसांसद तामाङको निधन

काठमाडौं, जेठ २१ : कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वीएल वाइवा) को निधन भएको छ।

नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य उनको बिहीबार साँझ ६ः२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए ।

उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शोक विज्ञप्ति निकालेर तामाङको निधनबाट नेपाली राजनीतिले सच्चा राष्ट्रवादी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ११:०५ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्