Kathmandu Press

चीनमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु

 बेइजिङ, जेठ २१ : चीनको गान्सु प्रान्तमा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। गान्सु प्रान्तमा शुक्रबार बिहान कामदारहरु काम गरिरहेको क्षेत्रमा रेल दुर्घटना...
चीनमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु

 बेइजिङ, जेठ २१ : चीनको गान्सु प्रान्तमा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। 

गान्सु प्रान्तमा शुक्रबार बिहान कामदारहरु काम गरिरहेको क्षेत्रमा रेल दुर्घटना हुँदा नौ जना कामदारको मृत्यु भएको हो।

उरुमकी शहरबाट हाङजाउ शहरतर्फ जाँदै गरेको रेल शुक्रबार बिहान स्थानीय समय ५ः२५ बजे रेल कामदारहरु काम गरिरहेको स्थानमा दुर्घटना भएको स्थानीय प्रहरी प्रवत्ताले बताएका छन्। 

मेडिकल र उद्धार टोली घटना स्थलमा खटाइएको अधिकारीहरुले बताएका छन् । सबै मृतक रेल कामदाहरु रहेको अधिकारीहरुले बताएका छन् ।

घटना हुनुको कारण पत्ता नलागेको र घटना बारे अनुसन्धन भइरहेको प्रहरी प्रवत्ताले बताएका छन्। 

प्रकाशित मिति: १०:४४ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्