Kathmandu Press

प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगन

पोखरा, असार ८ : गण्डकी प्रदेशसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ।

असार ६ गते पनि स्थगन भएर आज दिनको १२ बजेका लागि बैठक तोकिएको थिय....

प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगन

पोखरा, असार ८ : गण्डकी प्रदेशसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ।

असार ६ गते पनि स्थगन भएर आज दिनको १२ बजेका लागि बैठक तोकिएको थियो। अर्को सूचना नआएसम्मका लागि भनेर बैठक फेरि स्थगन गरिएको हो।

Hardik ivf

आज दिनको १२ बजेका लागि तोकिएको प्रदेशसभाको बैठक विशेष कारणबस स्थगन गर्नुपर्ने भएकाले गण्डकी प्रदेशसभा, प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगन भएको सूचनामा उल्लेख गरिएको छ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट वक्तव्यमा समावेश कतिपय कार्यक्रम विनियोजन विधेयकमा समावेश नभएको तथा कतिपय कार्यक्रम दोहोरिएको भन्दै सदन अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख नेत्रनाथ अधिकारीले असार ६ गतेको बैठक सुरू नै नगरी स्थगन गरेका थिए।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अघिल्लो दिन सभामा प्रस्तुत गरेको विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयकमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची थियो।

प्रकाशित मिति: १४:४० बजे, आइतबार, असार ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्