बाजुरामा जारी निषेधाज्ञा जेठ ३१ सम्म थप
बाजुरा, जेठ २१ : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बाजुरामा जारी निषेधाज्ञा लम्बिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा यही...
बाजुरा, जेठ २१ : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बाजुरामा जारी निषेधाज्ञा लम्बिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको हो।
जिल्लामा कोभिड संक्रमण दर धेरै नघटेकाल निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। संक्रमण बढ्न थालेकाले निषेधाज्ञा थपिएको उनको भनाइ छ।
कोरोना संक्रमणको दर दैनिक उकालो लाग्दै गएको छ। पछिल्लो २४ घण्टामा जिल्लामा २३ नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालय बाजुराका अनुसार पछिल्लो २४ घण्टामा ६४ जनाको एन्टिेजेन विधिबाट परीक्षण गरिएको थियो। यससंँगै जिल्लामा कुल संक्रमित ५५२ पुगेका छन् ।
जिल्लामा कोरोना संक्रमणका कारण सात जनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा होम आइसोलेशनमा १९० र आइसोलेशनमा ११ जना छन्।
हालसम्म सक्रिय संक्रमितको कुल संख्या २०१ त्था निको हुने ३४४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए।











