Kathmandu Press

प्रदेश नं १ को बजेट अधिवेशन आह्वान

प्रदेश नं १ को बजेट अधिवेशन आह्वान
Hardik ivf

काठमाडौं, जेठ २० : प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  प्रदेश नं १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन यही जेठ २४ गते दिनको २ बजे का लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गर्नु भएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए ।

प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार वैठकको आह्वान गरिएको हो ।

प्रकाशित मिति: २१:१० बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्