Kathmandu Press

सन् २०२२ सम्ममा विश्वभर बेरोजगारको संख्या २० करोड पुग्ने अनुमान

काठमाडौं, जेठ २० : अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आगामी सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने बताएको छ...
सन् २०२२ सम्ममा विश्वभर बेरोजगारको संख्या २० करोड पुग्ने अनुमान

काठमाडौं, जेठ २० : अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आगामी सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने बताएको छ ।

कोरोना भाइरस महामारीका कारण विश्वभर रोजगारीको क्षेत्रमा आएको संकट अझै लामो समय रहने भएकाले यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको आईएलओले जनाएको छ । आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरुहुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।

Hardik ivf

बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ । आईएलओका निर्देशक गाय राइडले भने, ‘हाम्रो आकलन छ कि, २०२२ सम्म पूरै विश्वमा बेरोजगारीको आँकडा २०.५ करोडसम्म पुग्न सक्छ। महामारी सुरु हुनु भन्दा पहिला यसको तुलना गर्ने हो भने २०१९ मा यो आकडा १८.७ करोड थियो।’

सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ ।

न्यून आय भएको देशहरुमा रोजगारी गुमेका कारण परिवारमा गरीबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने उनले चेतावनी समेत दिए ।  यता संयुक्त राष्ट्रसंघले माहामारीले विश्व जगतमा देखिएको बेरोजगारीको संकट टार्न लामो समय लाग्ने बताएको छ ।

प्रकाशित मिति: १८:३४ बजे, बिहीबार, जेठ २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्