Kathmandu Press

डोटीमा जेठ ३१ सम्म निषेधाज्ञा थपियो

डोटी, जेठ २० :  डोटीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ।जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र डोटीको...
डोटीमा जेठ ३१ सम्म निषेधाज्ञा थपियो
Hardik ivf

डोटी, जेठ २० :  डोटीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र डोटीको आज (बिहीबार) बसेको बैठकले  निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिए।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय पुगेको छ। कोरोनाबाट जिल्लाभित्र र बाहिर गरी हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्