निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको प्रतिवेदन
काठमाडौं, जेठ २० : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेस भएको छ ।निर्वाचन आयोगले राष्ट्रियसभामा...
काठमाडौं, जेठ २० : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेस भएको छ ।
निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।
प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











