Kathmandu Press

ट्याक्टरसहित ३०० कार्टुन रक्सी प्रहरी नियन्त्रणमा 

ट्याक्टरसहित ३०० कार्टुन रक्सी प्रहरी नियन्त्रणमा 

वीरगञ्ज, जेठ २० : पर्सा प्रहरीले तीन सय कार्टुन अवैध रक्सीसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान अवैध रूपमा भारत लैजान लागेको तीन सय कार्टुन ‘कस्तुरी’ रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिष्वा बञ्जारीबाट प्रहरीले प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो। प्रहरीले दशगजा क्षेत्रमा ट्याक्टर रोक्न खोज्दा चालक फरार भएका थिए।

चालक भागेपछि प्रहरीले ट्याक्टरको तलासी गर्दा तीन सय कार्टुन कस्तुरी रक्सी फेला परेको र उक्त रक्सी १० लाख ६० हजार रुपैयाँ बराबरको रहेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले बताए।

थप कारवाहीको लागि प्रहरीले ट्याक्टर र रक्सी वीरगञ्ज भन्सार कार्यालयमा पठाएको छ। फरार ट्याक्टर चालकलाई खोजिरहेको जिल्ला प्रहरी कार्यालय पर्सा जनाएको छ।

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्