Kathmandu Press

योगेश भट्टराईले पठाएको स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध

ताप्लेजुङ, जेठ २० : नेकपा एमालेका नेता योगेश भट्टराईको संयोजनमा काठमडौंमा सङ्कलन गरी पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध भएको छ। तीन दिन अगाडि...
योगेश भट्टराईले पठाएको स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध

ताप्लेजुङ, जेठ २० : नेकपा एमालेका नेता योगेश भट्टराईको संयोजनमा काठमडौंमा सङ्कलन गरी पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध भएको छ। तीन दिन अगाडि काठमाडौंमा सङ्कलन गरेर पठाइएको स्वास्थ्य समग्री आज अस्पताललाई उपलब्ध गरिएको हो।

कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि  आवश्यक स्वास्थ्य सामग्री काठमाडौबाट गृहजिल्ला ताप्लेजुङमा नेता भट्टराईले पठाएका हुन्। सामग्रीमा अक्सिजन सिलिण्डर ४० लिटरका १० थान, पिपिई ३० थान, पल्स अक्सोमिटर तीन थान र २०० थान एन्टिजेन किट रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले बुझाएका हुन्। 

उच्च गुणस्तरका ३० थान पिपिईमध्ये क्यानडामा रहेका ताप्लेजुङवासी घनश्याम भट्टराई र दिलप्रसाद याक्सोबाट २५ थान तथा उत्पादक व्यवसायी इरशाद अलीबाट पाँच थान उपलब्ध गराइएको हो । स्वास्थ्य सामग्री ढुवानीका लागि दुई गाडी नेता भट्टराईले नै व्यवस्था गरेर झापासम्म र झापाबाट ताप्लेजुङसम्म ढुवानी सेवाले सौजन्यमा ढुवानी गरेको प्रदेशसभा सदस्य साम्सोहाङले बताए।
 

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्