Kathmandu Press

दया फाउन्डेसनद्वारा विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, जेठ २० : दया फाउन्डेसन नेपालले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरूलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ।फाउन्डेसनले उपकरणको अभावमा कोरोना संक्रमितहरूको उपचार...
दया फाउन्डेसनद्वारा विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, जेठ २० : दया फाउन्डेसन नेपालले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरूलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ।

फाउन्डेसनले उपकरणको अभावमा कोरोना संक्रमितहरूको उपचार समस्या समाधानमा सहयोग पुगोस् भन्दै टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो।

त्यस्तै भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरलाई पनि स्वास्थ्य सामग्र दिइएको फाउन्डेसनले जनाएको छ।

अहिलेसम्म ६ थान हाईफ्लो नेसल क्यानुला, पाँच थान पाँच लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै हजार थान सुरक्षा सागग्री (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पन्जा) प्रदान गरिसकेको उक्त संस्थाले जनाएको छ।

यस्तै यस फाउन्डेसनले क्रिटिकल केयर नर्सिङ संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउन्डेसनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङसम्बन्धी भर्चुअल प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।

फाउन्डेसनले उक्त कार्यक्रम कोरोना उपचारका क्रममा आवश्यक विशेष सीप नर्सहरूलाई दिने उद्देश्यले जेठ ९ गतेदेखि नै सुरु गरेको हो।
 

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्