Kathmandu Press

ज्यानसम्बन्धी कसुरमा फरार चारजना पक्राउ

मोरङ, जेठ २० : ज्यानसम्बन्धी कसुरमा फरार चारजना भरुवा बन्दुकसिहत पक्राउ परेका छन्। मोरङ प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो।पक्राउ पर्नेमा मोरङको केराबारी...
ज्यानसम्बन्धी कसुरमा फरार चारजना पक्राउ

मोरङ, जेठ २० : ज्यानसम्बन्धी कसुरमा फरार चारजना भरुवा बन्दुकसिहत पक्राउ परेका छन्। मोरङ प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-३ का ४४ वर्षीय डिकबहादर राई, ३६ वर्षीय बुद्धबिर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र मोरङकै लेटाङ नगरपालिका-१ बस्ने १९ वर्षीय विपन लिम्बु छन्। 

पक्राउपछि बयानका आधारमा उनीहरूले केराबारी र लेटाङका विभिन्न ठाउँमा लुकाईछिपाई राखेका भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ।

गएका वैशाख ८ गते साँझ सिकार गर्न गएका हस्तबहादुर राई बाँसघारी खोप सरकारी वनमा मृत अवस्थामा भेटिएका थिए। उनको दाहिने कुममा गोली लागेको पाइएको थियो।

सोही घटनामा रुबिन लिम्बु र गजेन्द्र बहादुर राई पक्राउ परे। अझै अनुसन्धानका क्रममा बुधबार थप चारजना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

उनीहरू ज्यानसम्बन्धी र हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्