Kathmandu Press

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई फौजदारी मुद्दा लगाउन सिफारिस

काठमाडौं, जेठ २० : भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई फौजदारी मुद्दा लगाउन सिफारिस गरिएको छ।बाँकेको नेपालगन्जस्थित उक्त अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटना छानबिनका...
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई फौजदारी मुद्दा लगाउन सिफारिस

काठमाडौं, जेठ २० : भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई फौजदारी मुद्दा लगाउन सिफारिस गरिएको छ।

बाँकेको नेपालगन्जस्थित उक्त अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटना छानबिनका लागि गठित समितिले आक्रमणकारीलाई फौजदारी कसुर गरेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको हो।

समितिले गएको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाए पनि हिजो (बुधबार) मात्र बाँकेमा प्रतिवेदन सार्वजनिक गरिएको बताइएको छ।

जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनालाई लिएर केही व्यक्तिले वार्डमै छिरेर चिकित्सक र नर्समाथि हातपात तथा भौतिक आक्रमण गरेका थिए।

सो घटनाको चौतर्फी रूपमा विरोधसँगै घटनाका दोषीलाई कारबाही गर्नुपर्ने र निर्भीकतापूर्वक काम गर्ने वातावरण मिलाउनुपर्ने आवाज उठेको थियो।

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्