करिब दुई महिना मेलम्चीको पानी काठमाडौं नआउने
काठमाडौं, जेठ २० : आगामी असार लागेलगत्तै एकदेखि दुई महिनासम्म मेलम्चीबाट काठमाडौंमा पानी नआउने भएको छ।सुरुङमार्गको परीक्षण कार्यविधि पूरा गर्न असार १ गतेदेखि...
काठमाडौं, जेठ २० : आगामी असार लागेलगत्तै उता करिब दुई महिना मेलम्चीबाट काठमाडौंमा पानी नआउने भएको छ।
सुरुङमार्गको परीक्षण कार्यविधि पूरा गर्न असार १ गतेदेखि पानी पठाउन बन्द गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार अहिले सुरुङमा भएको पानी रित्याउन १५ दिनको समय लाग्छ। त्यसपछि मात्र प्राविधिकबाट सुरुङभित्र गएर अवस्थाको अध्ययन हुन्छ। कुनै समस्या नदेखिए सुरुङमा पानी भर्न १५ दिन लाग्छ।
यस्तो अवस्थामा दुई महिनाअघि नै पानी आउँछ। तर कुनै समस्या देखिए केही समय मर्मतसम्भारका लाग्ने आयोजनाको भनाइ छ।
यसरी करिब दुई महिना मेलम्चीबाट काठमाडौं आउने पानी बन्द हुन सक्ने बताइएको छ। यस्तो परीक्षण्को काम उद्घाटनअघि नै हुनुपथ्र्यो। तर सुरुङमा कार्यविधि परीक्षण गर्नुअघि नै उद्घाटन कार्य पूरा गर्न पानी राखिएको थियो।
प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











