Kathmandu Press

कोरोनाविरुद्धको खोपबारे छलफल गर्न जी-७ को बैठक बस्दै 

काठमाडौं, जेठ २० : कारेनाविरुद्धको खोपको विषयमा छलपल गर्न जी-७ को बैठक बस्ने भएको छ। खोपको विषयमा छलपल गर्न जी७को स्वास्थ्यमन्त्रीस्तरिय दुई दिने बैठक...
कोरोनाविरुद्धको खोपबारे छलफल गर्न जी-७ को बैठक बस्दै 

काठमाडौं, जेठ २० : कारेनाविरुद्धको खोपको विषयमा छलपल गर्न जी-७ को बैठक बस्ने भएको छ। 

खोपको विषयमा छलपल गर्न जी७को स्वास्थ्यमन्त्रीस्तरिय दुई दिने बैठक बिहीबार बेलायतको अक्सर्फोड विश्वविद्यालयमा सुरु हुनेछ।

Hardik ivf

बैठकमा गरिव मुलुकमा कोरोनाविरुद्धको खोपमा पहुँच बढाउने र जनावरबाट उत्पन्न रोगलाई पहिचान गरी कसरी रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने बेलायतका विदेश सचिव डोमिनिक राबले बताएका छन्। 

बेलायती सरकारले उक्त बैठकमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिकाका स्वास्थ्य मन्त्रीहरूको उपस्थिती रहने बताएको छ। 

त्यस्तै, जनावरबाट उत्पन्न रोग र जलवायु परिवर्तनले भविष्यमा निम्त्याउन सक्ने खतरासँग लड्न पनि पहल गर्ने बैठकको उद्देश्य रहेको बेलायती सरकारले जनाएको छ। 

‘विश्वव्यापी रूपमा हामी स्वास्थ्य सुरक्षा प्रणलीमा कमजोर छौं। त्यसैले सबै सुरक्षित हुनलाई मिलेर मजबुत स्वास्थ्य प्रणली निर्माण गर्नुपर्ने आवश्यकता छ,’ बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह सचिव म्याट ह्यान्ककले भने। 

विश्वका समृद्ध मलुकले महामारी विरुद्ध लड्नको लागी कदम चाल्नु पर्ने भन्दै चौतार्फी अवाज उठेपछि जी-७ राष्ट्रले बैठक बस्ने निर्णय गरेको बेलायती सरकारले जनाएको छ। 

प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, जेठ २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्