Kathmandu Press

साझा पार्टीद्वारा हावाहुरी पीडितको घर पुनर्निर्माण

धनगढी, असार ८ : हावाहुरी पीडित कैलालीको ११ परिवारको साझा विवेकशिल पार्टीले घर निर्माण गरेको छ।

शुभचिन्तक र सदस्यहरूबाट संकलित रकम तथा श्रमदा....

साझा पार्टीद्वारा हावाहुरी पीडितको घर पुनर्निर्माण

धनगढी, असार ८ : हावाहुरी पीडित कैलालीको ११ परिवारको साझा विवेकशिल पार्टीले घर निर्माण गरेको छ।

शुभचिन्तक र सदस्यहरूबाट संकलित रकम तथा श्रमदान गरी घर पुनर्निर्माण गरेको साझा पार्टीले जनाएको छ।

कैलाली जिल्ला समितिको अग्रसरतामा असहाय, अपाङ्ता भएका व्यक्ति, एकल महिला र आर्थिक अवस्था कमजोर भएका व्यक्तिको पहिचान गरी घर पुनर्निर्माण गरेको साझाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले बताए।

हावाहुरी पीडितको घर पुनर्निर्माण गर्दै साझा पार्टीका नेता तथा कार्यकर्ता।

पार्टीले धनगढी पुरानो भन्सारका जुवेद शेख, कनरीकी निर्मला ओझा, गौरी लामा, करन बोगटी, मतादेवी साउँद, हरि सार्कीको घर पुनर्निर्माण गरेको हो।

त्यस्तै, धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी लक्ष्मी दमाई, कमला बिक, कनरीका जोगी राना, जुगेडाकी सीता शाही र अत्तरियाका पदम भण्डारीको घर पुनर्निर्माण गरिएको छ।

हावाहुरी पीडितको घर पुनर्निर्माण गर्दै साझा पार्टीका नेता तथा कार्यकर्ता।

एक लाख २९ हजार पाँच सय २५ रुपैयाँको जस्ता पाता तथा क़िला खरीद गरी पार्टी सदस्यहरूले  श्रमदान गरेर घर पुनर्निर्माण गरेको हमालले बताए।

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, असार ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्