Kathmandu Press

ब्राजिलमा कोभिडबाट एकै दिनमा २५०७ जनाको मृत्यु

साओ पाओलो, जेठ २० : ब्राजिलमा गएको २४ घण्टायता कोभिड-१९को संक्रमणबाट २ हजार ५ सयभन्दा बढी नागरिकको ज्यान गएको छ।यहाँ बुधबार २ हजार...
ब्राजिलमा कोभिडबाट एकै दिनमा २५०७ जनाको मृत्यु

साओ पाओलो, जेठ २० : ब्राजिलमा गएको २४ घण्टायता कोभिड-१९को संक्रमणबाट २ हजार ५ सयभन्दा बढी नागरिकको ज्यान गएको छ।

यहाँ बुधबार २ हजार ५ सय ७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६७ हजार ७ सय ६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार पनि यहाँ कोभिड-१९ को संक्रमणमा परेका २ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

यहाँका अधिकारीहरुले पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको ज्यान जाने क्रममा उल्लेख्य मात्रामा कमी आउन नसकेको बताएका छन्।

कोरोना भाइरसको संक्रमण सुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ६७ लाख ४१ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन्।

अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन्। यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बुधबार मात्र पनि यहाँका ९५ हजार जना भन्दा बढीमा कोरोनाको संक्रमण भएको छ। 

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ। साओ पाओलोमा मात्र एक लाखभन्दा बढी नागरिकको ज्यान गएको छ।

ब्राजिल कोरोना भाइरसबाट ज्यान जाने विश्वका मुलुकहरु मध्ये अमेरिकापछि दोस्रोमा पर्दछ।

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्