कैलालीमा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो

कैलाली, जेठ २० : कैलालीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बाइएको छ। वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको हो।
जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै वैशाख ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
उनले यस पटक जिल्लामा केहि खुकुलो पारिएको जानकारी दिए । सबै बैंक तथा वित्तीय संस्थाहरू बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखेर सञ्चालन गर्न सकिने छ। त्यसका लागि जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्नुपर्ने निर्देशन जारी गरिएको छ।
यस्तै, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरू, किराना पसल र डिपार्टमेन्ट स्टोर ९ग्रोसरी मात्र० प्रत्येक आइतबार, मंगलबार र बिहीबार र शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ।











