लिचीको दाना घाँटीमा अड्किएर ६ महिने शिशुको मृत्यु
कैलाली, जेठ २० : कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका...
कैलाली, जेठ २० : कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बुधबार दिउँसो बालकको घाँटीमा लिचीको दाना अड्किएपछी महाकाली अस्पताल लगिएको थियो । उपचारको क्रमम उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवः प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।
प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











