Kathmandu Press

म्यानमारमा दुई पत्रकारलाई जेल

म्यानमारमा दुई पत्रकारलाई जेल

काठमाडौं, जेठ २० : म्यानमारको सैन्य सरकारद्धारा शासित अदालतले झुठो समाचार लेखेको आरोपमा दुई पत्रकारलाई जेल सजाय सुनाएको छ। 

म्यामारको दक्षिण क्षेत्रमा रहेको मायक शहरको अदालतले बुधकार डेमोक्रयाटिक भ्वाइस अफ बर्मा (डीबीबी) का पत्रकार औंङ किव र मिज्जिमा न्युजका स्वतन्त्र संवाददाता जाव जावलाई जेल सजाय सुनाएको हो। 

म्यामारमा गत फेब्रुअरी १मा सैन्य ‘कू’ लागू गरेको सन्दर्भमा झुठो समाचार लेखी सेन्य सरकारको विषयमा जनता माझ भ्रम फैल्याएको भन्दै पत्रकार किव र जावलाई दुई वर्ष जेल सजाय सुनाइएको छ। 

सैन्य ‘कू’ लागू भएयता पत्रकार औंङ किव सहित डेमोक्र्याटिक भ्वाइस अफ बर्मा (डीबीबी०) का तीन पत्रकारलाई ‘कू’ विरोध झुठो समाचार लेखेको आरोपमा जेल सजाय भएको छ। 

सैन्य सरकारले स्वतन्त्र मिडियालाई बन्द गराउनुका साथै डीभीबी र मिज्जिमा लगायतका धेरै समाचार संगठनको इजाजतपत्र खारेज गरेको डीबीबीले बताएको छ। 

म्यामारको सैन्य सेनाले इन्टरनेट पहुँच सहित उपग्रह (सेटलाइट) टेलिभिजनमा प्रतिबन्ध लगाएको छ। 

डीबीबीको अनुसार ‘कू’ लागू भएगता हालसम्म ८७ पत्रकारलाई पक्राउ गरिएको छ भने ५१ जना अझै जेलमै रहेका छन् । 

म्यानमारमा सैन्य ‘कू’ पछि हालसम्म आठ सय ४१ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: ११:४७ बजे, बिहीबार, जेठ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्