Kathmandu Press

भाजपा नेताको गोली हानी हत्या

काठमाडौं, जेठ २० : भारतको जम्मु–काश्मीरमा भारतीय जनता पार्टी (भाजपा) का एक नेताको गोली हानी हत्या गरिएको छ।बुधबार राति भाजपा नेता तथा त्राल नगरका...
भाजपा नेताको गोली हानी हत्या

काठमाडौं, जेठ २० : भारतको जम्मु–काश्मीरमा भारतीय जनता पार्टी (भाजपा) का एक नेताको गोली हानी हत्या गरिएको छ।

बुधबार राति भाजपा नेता तथा त्राल नगरका पार्षद् राकेश सोमनाथ पंडितामाथि पुलवामामा गोली हानिएको जम्मु–काश्मीरका प्रहरी प्रमुख विजय कुमारले बताएका छन्। उनी आफ्ना साथीभाइसँग भेटघाट गरिरहेका बेला गोली हानिएको उनले बताए। 

Hardik ivf

रोकशमाथि तीन जनाले बन्दुकधारीले गोली हानेका थिए। घाइते भएका उनलाई अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको काश्मीर प्रहरीले जनाएको छ। 

अज्ञात समूहको गोली लागेर उनका साथीकी छोरी घाइते भएकी छिन्। उनको उपचार भइरहेको छ। 

सुरक्षा खतरालाई ध्यानमा राखेर काश्मीर प्रहरीले उनलाई सुरक्षा प्रदान गरेको थियो। तर, उनी बुधबार अंगरक्षबिना नै साथीभाइ भेट्न गएका थिए। 

प्रकाशित मिति: ०९:०९ बजे, बिहीबार, जेठ २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्