माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु
काठमाडौं, जेठ २० : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ स्थित कङ्काली स्कुल नजिक माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका...
काठमाडौं, जेठ २० : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ स्थित कङ्काली स्कुल नजिक माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
माटोको ढिस्कोले पुरिएर उदयपुरको बेलका नगरपालिका–८ घर भई हाल चन्द्रागिरिमा बस्ने ३६ वर्षीया सीता राई र मकवानपुरको राङ्सिङ घर भई चन्द्रागिरिमा काम गर्ने २० वर्षीय टेकबहादुर चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूसँगै काम गरिरहेका अन्य दुई जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पुरिएको खबर पाएलगत्तै पुगेको प्रहरी वृत्त थानकोटको टोलीले उनीहरूको उद्धारा गरी मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएको थियो। दुवै जनाको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो। ढिस्कोमा चार जना पुरिएका थिए।











