Kathmandu Press

बाँकेमा जेठ २४ सम्म थपियो निषेधाज्ञा

बाँके, जेठ १७ : बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई एक हप्ता लम्ब्याइएको छ।यही जेठ २४ गतेसम्म निषेधाज्ञा थप...
बाँकेमा जेठ २४ सम्म थपियो निषेधाज्ञा

बाँके, जेठ १७ : बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई एक हप्ता लम्ब्याइएको छ।

यही जेठ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। जिल्लामा गत वैशाख ९ गतेदेखि निषेधाज्ञा जारी छ । 

उनका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक हिँडडुलमा समेत निषेध गरिएको छ।

कोरोनाबाट जिल्लामा २ सय ९१ जनाको ज्यान गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले। जानकारी दिए। 

प्रकाशित मिति: १७:५७ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्