Kathmandu Press

कष्टकर जीवन बिताउँदै डोटीका कैदीबन्दी

डोटी, असार ७ : डोटीमा जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन्। कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बा....

कष्टकर जीवन बिताउँदै डोटीका कैदीबन्दी
सांकेतिक

डोटी, असार ७ : डोटीमा जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन्। कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन्।  

झरी परेका बेला पानी चुहिन्छ। जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन। पानी चुहिने भएपछि कैदी प्लाष्टिक राखेर सुत्ने गरेका छन्। “राणाकालमा निर्माण गरिएको भवनमा स्लेट खिइएर झर्न थालेको छ”, कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले भने,“दिउँसो चौरमा बस्छौँ, छानो खस्ने  चिन्ताले पिरोल्छ।” ढोका पुरानो भएका कारण लगाउन नमिल्ने अवस्थामा छ। 

Hardik ivf

बजेट अभावका कारण जीर्ण भवन मर्मतसम्भार गर्न नसकिएको कारागारका प्रमुख राजन केसीले बताए। उनले भने,“भवन पुरानो भएकाले छत चुहिन्छ, कैदीलाई बस्न निकै गाह्रो भएको छ।” पच्चीस कैदीको क्षमता रहेको डोटी कारागारमा हाल ४३ पुरुष कैदी ४३ र चार महिला कैदी रहेका छन्। क्षमताभन्दा बढी कैदी हुँदा खानेपानी र शौचालयको समस्या भएको छ।  

दिपायल–सिलगढी नगरपलिकाले कारागार मर्मतका लागि रकम उपलब्ध  आश्वासन दिएको कारागार प्रशासन प्रमुख केसीले बताए। उनले भने,“रकम उपलब्ध हुने वित्तिकै मर्मत थाल्छौँं।” कैदीलाई पढ्न सहज होस् भनेर नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले केही समय अघि कारागारमा पुस्तकालय स्थापना गरेको छ। डोटी कारागार सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कारागार हो। 

प्रकाशित मिति: ११:४७ बजे, शनिबार, असार ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्