कोरोना सङ्क्रमितको शल्यक्रियाबाट सुत्केरी
बैतडी, जेठ १६ : जिल्लामा पहिलोपटक एक कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । दशरथचन्द नगरपालिका-४ की २१ वर्षीया महिलाले शनिबार राति...
बैतडी, जेठ १६ : जिल्लामा पहिलोपटक एक कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । दशरथचन्द नगरपालिका-४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन्।
नौ दिनअघि कोरोना पुष्टि भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन्। एक हप्ताअघि नै सुत्केरी हुने मिति रहेकामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए।
शुक्रबार राति अस्पताल भर्ना भएकी ती महिला सामान्य हिसाबले बच्चा नजन्मिएपछि शल्यक्रियामार्फत सुत्केरी गराइएको हो।
उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सङ्क्रमित महिलाको शल्यक्रिया गरिएको जोशीको भनाइ छ। ती महिलाले पहिलो सन्तानका रुपमा छोरा जन्माएको अस्पतालले जनाएको छ। अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)