Kathmandu Press

अन्जली लामाले बलिउडमा जितिन् मिलेनियल अवार्ड

काठमाडौं, असार ६ : ट्रान्सजेन्डर मोडल अन्जली लामाले मोडलिङ करियरमा अर्को एउटा ठूलो सफलता हात पारेकी छन्।

मुम्बइमा भएको ‘ग्राजिया मिलेन....

अन्जली लामाले बलिउडमा जितिन् मिलेनियल अवार्ड

काठमाडौं, असार ६ : ट्रान्सजेन्डर मोडल अन्जली लामाले मोडलिङ करियरमा अर्को एउटा ठूलो सफलता हात पारेकी छन्।

मुम्बइमा भएको ‘ग्राजिया मिलेनियल अवार्ड-२०१९’ मा बलिउड कलाकरसँगै नेपाली मोडल अन्जलीले अवार्ड थापेकी हुन्।

Hardik ivf

अन्जलीले ‘मोडल अफ द एयर’ अवार्ड जितेकी छन्। ३४ वर्षीया अन्जलीले अवार्ड पाएको खबर इन्स्टाग्राममा पनि सेयर गरेकी छन्।

उनले भनेकी छन्, ‘मुम्बइमा मोडलिङको लागि जादा यति ठूलो सफलता हार्त पार्छु भनेर सोचेकी थिइनँ।’

अवार्ड पाएर अत्यन्तै खुशी भएको बताएकी छन्। अन्जली ‘लेकमी फेसन विक’की पहिलो ट्रान्सजेन्डर मोडल पनि हुन्।

अवार्ड शोमा थुपै बलिउड सेलिब्रेटिहरू पनि उपस्थित थिए। जसमा दीपिका पादुकोणले ‘मिलेनियल अफ द एयर’, जान्ह्वी कपुरले ‘राइजिङ स्टार अफ द एयर’, अनन्या पाण्डेले ‘नेक्सट जेनरेसन स्टार अफ द एयर’, करण जोहरले ‘अनरी मिलेनियल अफ द एयर’ अवार्ड जितेका छन्।

यो सगैं थुपै अरु बलिउड कलाकर तथा डिजाइनरले अवार्ड हासिल गरेका छन् ।

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, असार ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्