वाग्मती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेबाट
काठमाडौं, जेठ १३ : वाग्मती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि सुरु हुने भएको छ ।वाग्मती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच प्रदेश...
काठमाडौं, जेठ १३ : वाग्मती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि सुरु हुने भएको छ ।
वाग्मती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि सञ्चालन गर्ने सहमति भएको हो ।
बिहीबार वाग्मती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन सुरु गर्ने निष्कर्ष निकालेको हो ।
सर्वदलीय बैठकमा प्रदेश सभा कसरी सञ्चालन गर्ने तथा कोभिड– १९ को महामारीका बीचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको हो ।
प्रकाशित मिति: २०:४५ बजे, बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












