सिन्धुपाल्चोकमा जेठ २१ सम्म लम्ब्याइयो निषेधाज्ञा
काठमाडौं, जेठ १३ : सिन्धुपाल्चोक जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एक हप्ता थप गरिएको छ ।कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला...काठमाडौं, जेठ १३ : सिन्धुपाल्चोक जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एक हप्ता थप गरिएको छ ।
कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ वजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी निषेधाज्ञा एकहप्ता थपिएको जानकारी दिए। जिल्लामा गत वैशाख २३ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार १४ सम्मका लागि जारी गरिएको थियो ।
जिल्लामा सङ्क्रमितको सङ्ख्या हालसम्म दुई हजार दुईसय ४२ पुगेको र सक्रिय सङ्क्रमित एकहजार आठसय ८५ पुगेको छ भने मृतकको सङ्ख्या १८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १९:१० बजे, बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१