Kathmandu Press

छा–या नेपालले हस्तान्तरण गर्‍यो स्वास्थ्य सामग्री

काठमाडौं, जेठ १३ : छा–या नेपाल संस्थाले महानगरीय प्रहरी वृत्त जनसेवाले निर्माण गरेको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।आइसोलेसन सेन्टरका लागि छा–या...
छा–या नेपालले हस्तान्तरण गर्‍यो स्वास्थ्य सामग्री

काठमाडौं, जेठ १३ : छा–या नेपाल संस्थाले महानगरीय प्रहरी वृत्त जनसेवाले निर्माण गरेको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।

आइसोलेसन सेन्टरका लागि छा–या नेपालले बिहीबार मास्क, पन्जा, अक्सिमिटरलगायतका सामाग्री उपलब्ध गराएको हो।

उसले २ प्याकेट पन्जा, २ सेट अक्सिमिटर, ५ प्याकेट सर्जिकल मास्क, २ पिस डिजिटर थर्मोमिटर र बिरामीको वेडको लागि १० पिस म्याट्रेस र सिरानी उपलब्ध गराएको छा–याले जनाएको छ।

छा–या नेपालले यसअघि काठमाडौं जिल्ला स्काउट संगठन आयुक्त रञ्जनलाल श्रेष्ठको झेँछेँस्थित घरमा ५ वेडको आइसोलेसन सेन्टर पनि निर्माण गरेको छ।

प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्