नेपालमा एसियाली कृषि सम्मेलन हुँदै
काठमाडौं, असार ५ : नेपालमा एसियाली कृषि सम्मेलन तथा प्रदर्शनी हुने भएको छ। फोर एच नेपालको आयोजनामा काठमाडौंमा साउन ११ देखि १३ गतेसम्म चल्ने समिटम....

काठमाडौं, असार ५ : नेपालमा एसियाली कृषि सम्मेलन तथा प्रदर्शनी हुने भएको छ। फोर एच नेपालको आयोजनामा काठमाडौंमा साउन ११ देखि १३ गतेसम्म चल्ने समिटमा विश्वभरका एक सय भन्दा बढी कृषक, उद्यमी र कृषि व्यवसायीको उपस्थिति रहने आयोजक समितका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए।
पहिलो दिन देश बाहिरका प्रतिनिधिलाई स्वागत गरिने र उनीहरुको सम्मानमा कृषि सांस्कृतिक साँझको आयोजना गरिने छ। त्यसबाहेक पहिलो दिन अन्य अनौपचारिक कार्यक्रमहरु दिनभर चल्नेछन्।
दोस्रो दिन युवा दिवसको अवसर पारेर समिटको उद्घाटन गरिने छ। उद्घाटन शत्रमा नेपालका १० उत्कृष्ट कृषक तथा कृषि व्यवसायीलाई अवार्ड वितरण गरिने अवस्थीले बताए। उनका अनुसार समिटमा ६ वटा कार्यपत्र पेश हुनेछन्।
कृषि वस्तुको विश्व बजारीकरणमा एसिया, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषि उत्पादनमा स्ट्याण्डार्डजेसन, ब्राण्डिङ र मार्केटिङ तथा कृषि नीतिमा उचित पैरवीका सही कम्युनिकेशनबारेमा समिटमा कार्यपत्र पेश हुनेछन्।
साथै, नेपालमा कृषी पर्यटन, दिगो विकास लक्ष्यका लागि कृषि उत्पादन र कृषि पर्यावरणमा जलवायु परिवर्तनको असर लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछन्। कार्यपत्र अमेरिका, भारत, इण्डोनेसिया, ताइवान तथा नेपालका विज्ञले प्रस्तुत गर्ने छन्।
तेस्रो दिन प्यानलमा विज्ञहरुसँग कृषि अर्थ नीतिमा एसिया भन्ने विषय छलफल हुनेछ। यो सत्रमा ७ जना विषय विज्ञले सहभागीसँग दोहोरो सम्वाद गर्नेछन्।










-1754206481.jpg)
