कोरोना संक्रमणबाट विराटनगरमा थप १० जनाको मृत्यु
विराटनगर, जेठ १३ : विराटनगरका विभिन्न अस्पतालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।विराट शिक्षण अस्पताल, कोसी अस्पताल र नोबेल शिक्षण अस्पतालमा...
विराटनगर, जेठ १३ : विराटनगरका विभिन्न अस्पतालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
विराट शिक्षण अस्पताल, कोसी अस्पताल र नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा ती संक्रमितहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोरङका ६ जना छन्। तीमध्ये चारन.जना विराटनगर महानगरपालिकाका हुन्।
बाँकी चारजनामा तीनजना सुनसरी र एकजना सप्तरीको रहेको जनाइएको छ।
प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












