Kathmandu Press

मकवानपुरमा जेठ २० सम्म थपियो निषेधाज्ञा

हेटौंडा, जेठ १२ : कोभिड-१९ सङ्क्रमण थप फैलिन नदिन मकवानपुरमा यही जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय अवधिलाई एक साताका लागि थप...
मकवानपुरमा जेठ २० सम्म थपियो निषेधाज्ञा

हेटौंडा, जेठ १२ : कोभिड-१९ सङ्क्रमण थप फैलिन नदिन मकवानपुरमा यही जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय अवधिलाई एक साताका लागि थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना नियन्त्रणका लागि जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो। कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १९ गते रातिदेखि लागू भएको निषेधाज्ञाको समय दोस्रोपटक थपिएको थियो।

यसअघि थपिएका निषेधाज्ञा जेठ १३ गतेसम्म कायम रहनेछ । त्यसपछि उता अर्थात् जेठ १४ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा अवधि थप गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।

प्रकाशित मिति: १३:४८ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्