Kathmandu Press

शाहिद कपूरको ‘कबीर सिंह’लाई ‘ए’ सर्टिफिकेट

काठमाडौं, असार ५ : बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘कबीर सिंह’लाई भारतको सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेसनले ‘एडल्ट’ सर्टिफिक....

शाहिद कपूरको ‘कबीर सिंह’लाई ‘ए’ सर्टिफिकेट

काठमाडौं, असार ५ : बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘कबीर सिंह’लाई भारतको सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेसनले ‘एडल्ट’ सर्टिफिकेट दिएको छ।

सेन्सर बोर्डले फिल्ममा केही सिन परिवर्तन पनि गराइएको जनाएको छ। ‘कबीर सिंह’ले धेरै ड्रग्स सेवन गरेको र अपशब्द प्रयोग गरी गाली गरेको सिनलाई सेन्सरले हटाउन लगाएको छ।

फिल्ममा शाहिदलाई एक पागल प्रेमि, जो प्रेमबियोगपछि नराम्रो तरिकाले दुव्र्यसनमा फसेको रोलमा देखाउन खोजिएको छ।

यो फिल्म जुन २१ मा रिलिज हुदै छ।

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, असार ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्