Kathmandu Press

पूर्वी नेपालबाट भित्रियाे मनसुन

काठमाडौं, असार ५ : यस वर्षको मनसुन आजदेखि सुरू भएको छ। भारतको करेलाबाट पूर्वी भेग हुँदै मनसुन नेपाल प्रवेश गरेको हो।

मनसुनका कारण पूर्व....

पूर्वी नेपालबाट भित्रियाे मनसुन

काठमाडौं, असार ५ : यस वर्षको मनसुन आजदेखि सुरू भएको छ। भारतको करेलाबाट पूर्वी भेग हुँदै मनसुन नेपाल प्रवेश गरेको हो।

मनसुनका कारण पूर्वी नेपाल र मध्यभागमा वर्षा हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुन देशभर पुग्न केही दिन लाग्नेछ।

यो वर्ष ढिलो गरी मनसुन नेपाल प्रवेश गरेको हो। गत वर्षभन्दा १० दिन ढिलो गरी मनसुन सुरु भएको महाशाखाले जनाएको छ। सामान्यतया जुन १० मा मनसुन सुरू भई सेप्टेम्बर २३ सम्म जारी रहने गरेको मौसमविद् मञ्जु बासीले बताइन्। ‘यो वर्ष ढिलो गरी सुरू भएको छ,’ उनले भनिन्।  

मौसमविद्को साउथ एसियन आउटलुक फोरमका अनुसार सबै प्रदेशमा सामान्य वर्षा हुनेछ। मनसुनको समयमा अन्य समयभन्दा बढी वर्षा हुने गरेको छ।

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, असार ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्