Kathmandu Press

७० को दशकको फेसन पछ्याउँदै आयंका जोडी

काठमाडौं, असार ५ : अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म ‘प्रेम दिवस’ दोस्रो सातामा चलिरहेको छ। तर फिल्मको न रिलिज....

७० को दशकको फेसन पछ्याउँदै आयंका जोडी

काठमाडौं, असार ५ : अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म ‘प्रेम दिवस’ दोस्रो सातामा चलिरहेको छ। तर फिल्मको न रिलिज अघि चर्चा भयो न त रिलिजपछि नै कुनै प्रशंसा।

अभिनयबाट समाचारमा आउन नसकेपनि इन्स्टाग्राममा पोस्ट हुने फोटोले प्रियंका मिडियामा आइरहन्छिन्। यो पटक पनि फेरि इन्स्टाग्रामकै फोटोले चर्चामा आएकी छन्।

प्रियंकाले हिजो मात्रै बुबाको ६५औं जन्मदिन मनाएकी छन्। जन्मदिनको पार्टीमा सन् १९७० को दशकको बलिउड झल्को देखिने गरी पहिरन तयार गरिएको थियो।

‘सिनियर प्रोम नाइट’ नाम दिएको पार्टीमा प्रियंका र आयुष्मान पिंक कलर ड्रेसमा देखिएका थिए। उनका बुबा तथा आमाको पहिरन पनि उस्तै ७० को दशकका बलिउड अभिनेता–अभिनेत्रीको जस्तै पहिरन थियो।

उनले सेयर गरेका फोटोहरुमा उनको आमाबुबासँगै आयुष्मानको परिवार पनि सामेल थियो।

 

प्रकाशित मिति: १४:४३ बजे, बिहीबार, असार ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्