कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा पहिलोपटक मृत्यु

ओखलढुङ्गा, जेठ १० : कोरोना सङ्क्रमणबाट ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो। जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्।
जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज (सोमबार) निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए।
जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका सङ्क्रमितको यसअघि मृत्यु भएको थिएन।
प्रकाशित मिति: १४:१२ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












