Kathmandu Press

नारायणीमा अवैध तरिकाले माछा मार्ने २४ जना पक्राउ

चितवा, जेठ १० : चितवन राष्ट्रिय निकुञ्जले अवैध रूपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ। नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै...
नारायणीमा अवैध तरिकाले माछा मार्ने २४ जना पक्राउ

चितवा, जेठ १० : चितवन राष्ट्रिय निकुञ्जले अवैध रूपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ। नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरुका साथबाट एउटा बोलेरो जीप, दुई स्कुटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको छ। उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा लगाई कानुनी कारबाही गरिने निकुञ्जले जनाएको छ।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्