Kathmandu Press

कैलालीमा कोरोना संक्रमण वृद्धि

कैलालीमा कोरोना संक्रमण वृद्धि
Hardik ivf

कैलाली, जेठ ८ : दोस्रो लहरको कोभिड–१९ बाट संक्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ ।

अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार संक्रमितको निधन भएको थियो। 

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी– २ का ६५ वर्षीय पुरुष, धनगढी– १२ का ४२ वर्षीय पुरुष र गोदावरी – ४ का ३५ वर्षीय पुरुष रहेका छन् । अस्पतलामा मात्रै हालसम्म एक सय ४५ को मृत्यु भइसकेको अस्पतालले जनाएको छ। अस्पतालमा हाल एक सय तीन सङ्क्रमित उपचाररत्  छन् ।

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्