Kathmandu Press

गोकर्णेश्वरमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सकियो 

काठमाडौं, असार ४ : भूकम्प गएको चार वर्षको अवधिमा गोकर्णेश्वर नगरपालिकामा हाल ५० प्रतिशत निजी आवास पुनःनिर्माणको काम सकिएको छ। 

सो ....

गोकर्णेश्वरमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सकियो 

काठमाडौं, असार ४ : भूकम्प गएको चार वर्षको अवधिमा गोकर्णेश्वर नगरपालिकामा हाल ५० प्रतिशत निजी आवास पुनःनिर्माणको काम सकिएको छ। 

सो क्षेत्रफलमा बनेको घर, बहुस्वामित्वका घर, जग्गाधनी लालपुर्जा नभएका घर, गुठीको जग्गामा बनेको घर र क्षतिग्रस्त घर भत्काउँदा सँगै रहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले पनि निजी आवास पुनःनिर्माणले गति लिन नसकेको नगरपालिकाका इञ्जिनीयर कुसुम देवले बताए। । 

Hardik ivf

नगरपालिकामा पुनःनिर्माणको जम्मा लाभग्राही दुई हजार ९३२ रहेकामा एक हजारले मात्रै निजी आवास पुनःनिर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ। प्रबलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रबलीकरणमा जान सजिलो छैन।

पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रबलीकरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारणले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको इञ्जिनीयर देवले बताए।  

उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने लाभग्राही सङ्ख्या दुई हजार ५४५ र दोस्रो किस्ता लिने एक हजार ५७८ लाभग्राही रहेको छ। त्यस्तै तेस्रो किस्ता लिने लाभग्राही एक हजार २४६ रहेको छ। कतिपय लाभग्राहीले आफूखुशी घर निर्माण गरेकाले नगरपालिकाको मापदण्ड विपरीत परेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, असार ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्