ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु
चितवन, जेठ ६ : ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले...चितवन, जेठ ६ : ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको ढालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको हो।
पोखरीमा डुबेर मृत्यु
माडीमा एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ। इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो।
पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ। उनको शव पानीभित्र डुबेको अवस्थामा भेटिएको हो। पाण्डेको मृत्यु के कारणबाट भएको हो भन्ने स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर ल्याइएको छ।