Kathmandu Press

हत्या गरेर फालिएको अवस्थामा महिलाको शव भेटियो

मोरङ, जेठ ५ : मोरङको रङ्गेली नगरपालिका-३ स्थित तिलुवा चोकनजिकको नहरमा एक महिलाको शव फेला परेको छ।घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज (बुधबार)...
हत्या गरेर फालिएको अवस्थामा महिलाको शव भेटियो

मोरङ, जेठ ५ : मोरङको रङ्गेली नगरपालिका-३ स्थित तिलुवा चोकनजिकको नहरमा एक महिलाको शव फेला परेको छ।

घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज (बुधबार) बिहान उक्त शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उक्त शव रङ्गेली नगरपालिका-३ का बेचन यादवकी २४ वर्षीया पत्नी अनिता यादवको हो।

Hardik ivf

प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्याँकेको देखिएको र प्रहरीको विशेष टोली परिचालन गरेर घटनाबारे गम्भीर रूपमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। 

इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । सो टोलीले हत्यामा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको छ। 

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्