Kathmandu Press

सात वर्षीया बालिका बलात्कार अभियोगमा एकजना पक्राउ

इलाम, जेठ ५ : सात वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका-१ जुरे बस्ने ३० वर्षीय...
सात वर्षीया बालिका बलात्कार अभियोगमा एकजना पक्राउ

इलाम, जेठ ५ : सात वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका-१ जुरे बस्ने ३० वर्षीय तिलकबहादुर खड्का रहेको प्रहरीले जनाएको छ। उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो। 

खड्काले सोमबार ती बालिकालाई ललाईफकाई सोही ठाउँस्थित ढुंगाना टी स्टेट चियाबारीमा लगेर सोमबार जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरी चौकी आइतबारेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

घटनाबारे थप अनुसन्धानभइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्