Kathmandu Press

सुरु भयो राष्ट्रिय नाटक महोत्सव 

काठमाडौं, असार २ :  राष्ट्रिय नाटक महोत्सव–२०७६  सुरु भएको छ। नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सवको सोमबार&nbs....

सुरु भयो राष्ट्रिय नाटक महोत्सव 

काठमाडौं, असार २ :  राष्ट्रिय नाटक महोत्सव–२०७६  सुरु भएको छ। नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सवको सोमबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक पम्फाफूल मञ्चन गरेर उद्घाटन गरिएको हो।

असार ८ गतेसम्म चल्ने नाटक महोत्सवमा मुलुकका विभिन्न भेगबाट छनोट गरिएका ७ वटा नाटकहरु मञ्चन गरिने छ। प्रतिष्ठानको पाँचौ पटक गर्न लागिएको महोत्सवमा पहिलो दिन मुगुको ‘कर्णाली थिएटर कलाकुञ्ज’ समूहको हिरा बिजुली निर्देशित फिल्म ‘पम्पा फूल’ मञ्चन हुनेछ।

दोस्रो दिन इटहरीको प्रज्वल पराजुली निर्देशित ‘कलालय’ ले तयार पारेको ‘ईश्वरलाई चिठ्ठी’ नाटक मञ्चन हुनेछ। तेस्रो दिन ललितपुरस्थित ‘मगर अध्ययन केन्द्र’ ले तयार पारेको गीतिनाटक ‘जीवैमामा’ प्रस्तुत गरिने छ। ललितपुरस्थित संस्थाले तयार पारेको भए पनि निर्देशक भीम मास्की रानाले स्याङ्जाका कलाकारहरूलाई नाटकका लागि तयार पारेका छन्।

चौथो दिन पाँचथरस्थित ‘क्षितिज नाट्य समूह’ का जीवन बराल निर्देशित फिल्म ‘घर भित्रको अर्को घर’ र पाँचौं दिन हेटौंडास्थित ‘तरंग सांस्कृतिक परिषद’द्वारा  तयार पारिएको ‘अमरसिंहको खोजीमा’ मञ्चन गरिनेछ।

छैठौं दिन गोरखाको ‘रंगकला’ का रामबाबु रेग्मीले तयार पारेको ‘विकास भर्सेज निकास’ र अन्तिम दिन सातौं नाटकका रुपमा नेपालगञ्जको ‘एम आर्ट थिएटर’को ‘कजरी’ देखाइनेछ। अवधि भाषाको यो नाटकलाई चर्चित नाट्यकर्मी वीरेन्द्र हमालले प्रस्तुत गर्दैछन्।

 
 

प्रकाशित मिति: १८:४० बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्