Kathmandu Press

‘द भ्वाइस अफ नेपाल’मा राजु र आस्थाको इन्ट्री, प्रसारण साउन पहिलो सातादेखि हुने

काठमाडौं, असार २ : ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को प्रसारण साउन पहिलो सातादेखि सुरु हुने भएको छ। 

‘द भ्वाइस अफ ने....

‘द भ्वाइस अफ नेपाल’मा राजु र आस्थाको इन्ट्री, प्रसारण साउन पहिलो सातादेखि हुने

काठमाडौं, असार २ : ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को प्रसारण साउन पहिलो सातादेखि सुरु हुने भएको छ। 

‘द भ्वाइस अफ नेपाल’ सिजन–२ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ। दोस्रो सिजनमा अघिल्लो सिजनका  चारमध्ये दुई कोच परिवर्तन गरिएको छ।

Hardik ivf

सिजन–१ मा रहेकी अभया सुब्बाको ठाउँमा आस्था राउत र सनुप पौडेलको ठाउँमा राजु लामालाई ल्याइएको छ। सिजन–१ मा दीप श्रेष्ठ र प्रमोद खरेलसँगै सनुप र अभया कोचको भूमिकामा थिए।

‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टाइटल स्पोन्सरका रुपमा युनाइटेड सिमेन्ट रहेको छ भने सहप्रायोजकमा एनआइसी एशिया बैँक र आईएनजी गु्रपले रहेका छन्। भोटिङ तथा पेमेन्ट पार्टनरका रुपमा प्रभु पे अनुबन्ध गरिएको छ। 

प्रायोजन सम्बन्धी सम्झौतामा सोमबार हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र प्रायोजकहरुबीच हस्ताक्षर भएको छ। डिजिटल अडिशनबाट  एक सय बढी प्रतिस्पर्धीहरु बुधबारबाट शुरु हुने ब्लाइण्ड अडिशनका लागि छानिएका छन्।
 

प्रकाशित मिति: १७:०३ बजे, सोमबार, असार २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्