सामान ढुवानीको ट्रयाकिङ अब सफ्टवेयरबाटै
काठमाडौ, असार २ : एक जिल्लाबाट अर्को जिल्लामा सामान ढुवानी गर्दा अब केन्द्रीय सूचना प्रणालीलाई अनिवार्य जानकारी गराउनु पर्ने भएको छ।
एक....

काठमाडौ, असार २ : एक जिल्लाबाट अर्को जिल्लामा सामान ढुवानी गर्दा अब केन्द्रीय सूचना प्रणालीलाई अनिवार्य जानकारी गराउनु पर्ने भएको छ।
एक जिल्लाबाट अर्काे जिल्लामा सामान ढुवानी गर्ने ढुवानीकर्ताले राजस्व अनुसन्धान विभागले तयार पारेको भेकल कन्जुमेन्ट ट्रयाकिङ सिष्टममा अनिवार्य अभिलेख राख्नु पर्नेछ। ढुवानी कम्पनी वा व्यवसायीले पनि अनलाइनमार्फत ट्रयाकिङ हुने भएकाले सहज हुने भएको विभागले जनाएको छ।
राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा १३ ‘ग’ मा गरिएको व्यवस्था अनुसार यो व्यवस्था लागू गरिएको विभागले जनाएको छ। यो व्यवस्थाले आन्तरिक उत्पादनको परिवहन समेतलाई ट्रयाकिङ प्रणालीमा आवद्ध गरिने विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।
विगतको कागजी झन्झट अब अन्त्य हुने मैनालीले बताए। ‘सबै ढुवानीकर्ताले क्युआरकोड पाउने र गाडीमा के के समान छ भन्ने थाहा हुन्छ। चेक गरिरहनु पर्दैन,’ महानिर्देशक मैनालीले भने। यो व्यवस्थासँगै राजस्व अनुसन्धानका चेकपोस्टहरु समेत नरहने मैनालीले जानकारी दिए।










-1754206481.jpg)
