११ महिनाको अवधिमा १ सय २५ मुद्दामा २३ अर्ब बढी रुपैयाँ माग दाबी
काठमाडौं, असार २ : राजस्व अनुसन्धान विभागले ११ महिनामा राजस्व तथा हुण्डी कारोबारमा संग्लन १ सय २५ वटा मुद्दामा २३ अर्ब २३ करोड रुपैयाँ माग दाबीको मुद्....

काठमाडौं, असार २ : राजस्व अनुसन्धान विभागले ११ महिनामा राजस्व तथा हुण्डी कारोबारमा संग्लन १ सय २५ वटा मुद्दामा २३ अर्ब २३ करोड रुपैयाँ माग दाबीको मुद्दा दाय गरेको जनाएको छ।
विभागले गत साउनदेखि जेठ मसान्तसम्मको अवधिमा १ सय २५ वटा मुद्दा दायर गरिएको जनाएको छ। राजस्व छली गर्ने २ सय ३८ विरुद्ध १८ अर्व ३२ करोड माग दाबीको मुद्दा दायर गरिउको पवि विभागले जनाएको छ।
चालू आर्थिक वर्षको ११ महिनासम्ममा ८१ वटा कसुरका मुद्दामा २ सय ३८ जनाविरुद्ध मुद्दा दायर गरेको अनुसन्धान विभागका महानिर्देशक दिर्गराज मैनालीले जानकारी दिए। उनका अनुसार ११ महिनामा भन्सारबाट सुन चोरी तथा पैठारीका ६६ किलो ४ सय ग्राम सुन बरामद गरिएको छ।
त्यस्तै, विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ वटा मुद्दाका १ सय ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। विनिमय अपचलन तथा हुण्डीको कसुरमा ५ अर्ब ११ करोड विगो माग र तीन वर्षसम्म कैदको माग दाबी गरिएको मैनालीले बताए।










-1754206481.jpg)
