Kathmandu Press

चरीकोट अस्पताललाई ५८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

दोलखा, जेठ १ : कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ।...
चरीकोट अस्पताललाई ५८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

दोलखा, जेठ १ : कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ।  

जिल्लाका विभिन्न ठाउँमा रहेका खाली तथा भरिएको अक्सिजनका सिलिन्डर प्रहरीले संकलन गरेर चरीकोट अस्पताललाई प्रदान गरेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए। 

जिल्लामा आजसम्म दोस्रो चरणको कोभिडका कारण ४३३ जना संक्रमित भइसकेका छन्। तीमध्ये हालसम्म १९ जना निको भइसकेका छन् भने चार जनाको मृत्यु भएको छ। कोभिड संक्रमित ३१ जनाको  चरीकोट अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये चार जनाको गम्भीरावस्था रहेको अस्पतालका निर्देशक डा विनोद डंगालले बताए। 
 

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्