Kathmandu Press

अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या

काठमाडौं, जेठ १ : अक्सिजन अभावका कारण वीर अस्पताललाई नयाँ भवन सञ्चालन गर्न समस्या भएको छ। सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का...
अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या

काठमाडौं, जेठ १ : अक्सिजन अभावका कारण वीर अस्पताललाई नयाँ भवन सञ्चालन गर्न समस्या भएको छ। सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का संक्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे पनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको हो।

अस्पतालका  निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताइन् ।

‘हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका छौं, तर अक्सिजन नभएपछि सञ्चालन गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘अहिले संक्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले अक्सिजनविना  बिरामीलाई नयाँ भवनमा राख्न सकिँदैन् ।’

सुरुमा एक सयदेखि ३ सय शय्या सञ्चालन गर्ने योजना थियो रहेको डा.सापकोटाले जानकारी दिइन्। ५ सय शय्याको उक्त भवनमा बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६ सय सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ छ। भनिन्, ‘अक्सिजनको आपूर्तिका लागि प्रयास भइरहेको र  प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखेर संक्रमितको उपचार थाल्ने छौं ।’

नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग छ, तर सात हजार २ सय मात्र उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति: १३:०७ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्