विश्वभर १६ करोड २५ लाखमा संक्रमण, १४ करोड ३ लाखले जिते काेराेना

काठमाडौं, जेठ १ : विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ४ सय ७७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ४७७ को मृत्यु भएको हो।
विश्व स्वास्थ्य संगठनका अनुसार विगत २४ घण्टामा विश्वभर ६ लाख ८६ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हालसम्म विश्वभर १६ करोड २५ लाख १६ हजार ९३५ मा कोरोना संक्रमण भएको छ। त्यस्तै, १४ करोड ३ लाख ७८ हजार ७३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
शनिवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ७० हजार ७२८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ६६९ जनाको ज्यान गएको छ। १ लाख ७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ३९ हजार ६५८ जनामा संक्रमण भइसकेको छ।
त्यस्तै, ३ लाख २७ हजार ६५३ जना संक्रमित निको भइसकेका छन् ।











