Kathmandu Press

कांग्रेस नेता गच्छदारलाई पत्नी शोक

काठमाडौं, जेठ १ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४ः ४५...
कांग्रेस नेता गच्छदारलाई पत्नी शोक

काठमाडौं, जेठ १ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४ः ४५ बजे निधन भएको हो।

लामो समयदेखि कलेजोको बिरामीसमेत रहेका उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो। पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको उपसभापति गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले बताए ।
 

प्रकाशित मिति: १०:४२ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्